कांग्रेसनेता तथा सांसद प्रदीप गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । ७५ वर्षको उमेरमा शनिबार राति ललिपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सरपीडित गिरिको निधन भएको थियो ।
आइतबार बिहान अस्पतालमा र दिउँसो कांग्रेस मुख्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलिपछि शवयात्रा निकालिएको थियो । आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको हो । सरकारले उनलाई राजकीय सम्मानका साथ बिदाइ गरेको हो ।
गिरिलाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, मन्त्रीगण, कांग्रेस नेता तथा कार्यकर्ता र सर्वसाधारणहरू पशुपति आर्यघाट पुगेका थिए ।
गिरिलाई उनका छोरा सन्तोष र भतिजाहरू प्रन्ययन गिरि र सन्दर्भ गिरिले दागबत्ती दिए ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १७:३५
0 Comments