आखिर को हुन किशुन जि ? ~ नेविसंघ कास्की !!!
किशुन जि का जिवनका ४ अ ; आत्मस्वाभिमान, आन्दोलन (चेतना र चरित्रका बिम्ब), आध्यात्मिकता र अन्तस्करण (सेन्स अफ ह्युमर)
प्राकृतिको नियम हो दुर्लभ बस्तुको महत्व दुबिदा र दुर्बल अवस्थामा आवस्यकता बढ्दै जान्छ। अहिलेको निष्ठा र आदर्शको क्षयिकरण बन्दै गएको नेपाली राजनीतिमा निष्टा र न्यायका प्रतिमुर्ति कुशुन जि को महत्व बढ्नु स्वभाविक र उक्त नीति संगत छ।
नेपाली राजनीतिको पछिल्लो चरित्र एउटा छ, भाषणमा मञ्चमा निष्ठा र आदर्शको तर्क गर्न व्यवाहारमा अनैतिक र अराजकताको बीउ बिजारोपणले पार्टी र समाजको भाग्य र भविस्यको नक्सा भणखालोमा पारिरहने यो रोग समकालीन राजनीति अचुक खोट हो तर किशुन जि यस्तो पात्र हुनुहुन्छ उहाँको जीवन र राजनीति व्यवाहर संग मेल खान्छ, आध्यात्मिकताको (अन्तर मन ) अर्थ छ "तिमी आफू भित्र प्रयोग हुनु आफुलाई चिहाउनु चिन्नु" किशुनजी आवरणको आध्यात्मिक होइन आचरणको आध्यात्मिक हुनुहुन्छ ! त्यसैले म जस्ता लाखौंको लागि आदर्श ठान्नु स्वभाविक हो।
• कुनै जमानामा नेपालमा एउटा यस्तो पनि नेता थियो जो बाहिरबाट हेर्दा हमेसा हल्काफुल्का कुरा गर्ने मजाकिया किसिमको मानिसझैं देखिए तापनि राष्ट्रियता र प्रजातन्त्रप्रति उसको आस्था फलामको पर्वतभन्दा कठोर बन्ने नेता हुनुहुनथियो। राजा महेन्द्रले (२०१७ पुस १) निर्वाचित संसदलाई बलात् विघटन गरी प्रधानमन्त्री बीपी कोइरालासहित उनको क्याबिनेटका सम्पूर्ण सदस्य र सांसदलाई पक्रेर थुन्दा त्यस विघटित संसदका सभामुख भट्टराईलाई पनि सोही घानमा मिसाएर थुनिदिएका थिए ।
• ‘संसदको सभामुख पदमा नियुक्त भएपछि मैले नेपाली कांग्रेस पार्टीको सदस्यता परित्याग गरिसकेकाले आफूले छोडिसकेको त्यही दलका नेता सुवर्ण शमशेरले जारी गरेको विज्ञप्तिको समर्थन वा विरोध गर्ने भन्ने कुरा नै निरर्थक र अनैतिक हुन्छ, त्यस्तो अपकर्म गर्न न मेरो विवेकले अनुमति दिन्छ न त नैतिकताले नै । त्यसैले मलाई कृपानिधान महाराजको अपहेलित पाहुनाका रूपमा यस जेलमा नै रहन दिइयोस् ।’ (राजाका तर्फबाट सुन्दरीजल कारागार गृहमा पुगेका जर्नेल शेरबहादुर मल्ललाई दिएको जवाफ)
कैयौं नेताहरु पञ्चायती दरबारसँग बिन्तीपत्र हाली कागज गरेर जेलमुक्त भए तर कृष्णप्रसाद भट्टराईले त्यस्तो कुनै कागजमा सही गर्नुभन्दा देशभित्रै १४ वर्ष जेलमा बस्ने पात्र हुनुहुन्छ किशुन जि !
अत: आन्दोलनमा सेटिङ्मा प्रहरी संग बेटिङ्ग (साँठगाँठ) र मिडियामा कमान्डलु लिएर कमान्डर वन्ने प्रवृतिलाई किशुन जि को जीवन रामको बनवास भन्दा कम छैन, यो कसैलाई खुइलाउने र खोतल्ने भन्दा पनि सोच्ने र सच्चिने नैतिक आधार बिम्बहरु अहिलेको बिकृत अवस्थामा सबैलाई साझा र खुल्ला छ्न।
• राजाहरूद्वारा १४ वर्ष जेल कोचिएका कृष्णप्रसाद भट्टराई संवैधानिक राजतन्त्र र लोकतन्त्रको आफ्नो जीवनपर्यन्त अडानमा कायमै हुनुहुन्छ। यो सत्य हो कि आज देशमा किसुनजीका विचारहरूको खासै अर्थ नरहला ।
अत: जब-जब नेपालमा मूल्य, मान्यता, नैतिकता, सहिष्णुता र आस्थाको राजनीतिको कुरा उठ्ला तब-तब कृष्णप्रसाद भट्टराईको तस्बिर हाम्रोअगाडि खडा भैराखेको छ।
• ‘नेपालको प्रजातान्त्रिक आन्दोलन विदेश भूमिबाट र हिंसाका उपकरणहरू प्रयोग गरेर गर्नु गलत हुन्छ, देशमा प्रजातन्त्रको बहाली देशभित्रैबाट जनतालाई शान्तिपूर्ण आन्दोलनमा सरिक गराएर गर्न सके मात्र त्यो सार्थक र दिगो हुन्छ’ गरिबी र निराशाले भरिएको अँध्यारोमा प्रजातन्त्रको सुनौलो बिहानलाई पर्खेर मातृभूमिमै थिए । आफ्नो त्यही सोचका कारण उनले बीपी र गणेशमानले भारत आएर आफूहरूलाई साथ दिन गरेको बारम्बारको अनुरोधलाई पन्छाइदिएका किशुन जि बीपी र गणेशमानभन्दा झन्डै २ वर्ष बढी कारागारमा बसेर (२०२६ साल चैतमा) जेलबाट छुट्नुभएको थियो।
• तीस-तीस वर्ष पञ्चायतविरुद्ध लडेर प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराईलाई नेपाली राजनीतिमा पुलिस, प्रशासन, पैसा र दिल्लीको महत्त्वबारे ज्ञान नभएको होइन। तर उहाँले नेपाली राजनीतिका यी रामवाण औषधी कहिल्यै प्रयोग गर्नुभएन। किसुनजीलाई थाहा थियो - सत्ता राजनीतिका लागि यी औषधी रामवाण हुन्। तर उहाँलाई यो पनि ज्ञान थियो कि देश र जनताका निम्ति यी औषधीको साइड इफेक्ट घातक हुनेछ।
अत: अहिले नेपाली राजनीतिमा कोही नेता यस्तो बाँकी छैन जसले 'साधनको पवित्रता'मा किसुनजीको दसांश हैसियत राखोस्। हर थोक रणनीतिक भएको छ, हर थोक चालबाजी भएको छ, र हरथोक एउटा जोक भएको छ। "हर थोक कन्स्पिरेन्सी थेउरीले चल्छ, इल्युजनको डिजाइमा इन्जेक्ट गरेर गिरोहको तलाउ बनेर नेतृत्वको औजुद स्थापित गर्न राजनीति बिक्रीत र बिक्रीमा छ" यसलाई किशुन जि कै शब्दमा ' प्रजातन्त्र र गैरप्रजातान्त्रिक अवस्थामा हुने राजनीति एकै किसिमको हुँदैन। तर, केही पात्रहरूले दुवैलाई एकै ठानेको प्रतीत हुन्छ । प्रजातन्त्रको राजनीतिमा मूल्य, पध्दति र नैतिक पक्ष सशक्त हुन्छन् । तिनको अभावमा प्रजातान्त्रिक शासन पध्दति निर्धो हुन जान्छ।' यसलाई चोइटाएर थिग्राएर छुट्टाएर अलग पार्नुपर्न आजको चुनौती छ।
• किसुनजी, तपाईंको सेन्स अफ ह्युमरलाई बुझ्ने, पचाउने क्षमतामा समाज अहिले छैन। त्यस्ता वाक्य र व्यवहार नगर्नुस्।' सुनेर गम्भीर हुनुभयो किसुनजी र भन्नुभयो, 'विजयबाबु, तपाईंले मेरो बोक्रा मात्र देख्नुभयो, गुदी देख्नुभएन भने समस्या मेरो होइन, तपाईंको हो। फेरि सेन्स अफ ह्युमरमा खराबी के छ? यो त उत्तम मानवीय गुण हो। मानिस गम्भीर हुनुपर्छ तर आफ्नो कर्तव्यमा मात्र। मुहारमा नक्कली गम्भीरता अनि काममा बचकनापन? यसको कुनै अर्थ छ?' (विजय कुमार पाण्डे संगको संवाद)
• अन्तरिम प्रधानमन्त्रीका रूपमा ( सन् १९९० ) भारतको राष्ट्रपति भवनमा उहाँलाई भेट्न आउने दुईवटा केन्द्रीय मन्त्रीले उहाँको खुट्टा छोएर 'पाए लागु किसुनजी' सम्मको स्रद्दा गर्न नेताको श्रेणीमा पर्नुहुन्छ किशुन जि !
• विखण्डनको संघारमा उभिएको नेपाली समाजलाई परस्परमा सम्मान र सहिष्णुताको आजभन्दा बढ्ता खाँचो इतिहासमा कहिल्यै थिएन। आज राजनीतिमा किसुनजीको जीवनदर्शनको खासै महत्त्व छैन। मानिसहरू किसुनजीप्रति ओठेभक्ति प्रकट गर्न त सक्दछन्, तर उहाँका मूल्य मान्यतालाई अपनाउने साहस गर्न सक्दैनन्। तर मलाई यो पनि थाहा छ - अहिंसा, आपसी सम्मान र सहिष्णुताबाहेक नेपालको निम्ति अर्को कुनै बाटो छैन। (विजय कुमार पाण्डे)
• किसुनजी दोस्रोचोटि प्रधानमन्त्री भएका बेला सुविधाजनक बहुमत प्राप्त गरेको आफ्नै पार्टी नेपाली कांग्रेसका ६९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता (२०५६ चैत्र ५) भएपछि प्रतिनिधिसभा विघटनतिर नलागी उनले खुशि साथ प्रधानमन्त्रीका रूपमा उनी बालुवाटार पस्दा सुराही, ट्यांका र छाता साथमा थियो, बाहिरिँदा पनि यी तीनै वस्तु मात्र लिएर निस्कने पात्र हुनुहुन्छ किशुन जि !
अत: पद र सत्ताको लागि पार्टी र संसदनै बिघटन गर्न परिपाटी शक्ति स्वार्थको मोहको आराजकता र उश्रीङ्खलता देखिदै गर्दा निष्टाको मियो र आदर्शको दियो किशुन जि प्रतिको उचाई र आवस्यकता नेपाली राजनीतिमा खोजिरहेको मात्र छैन नैतिक पाठ पनि सिकाईरहेको छ।
• आज आम बिद्यार्थीको रोजाइको संगठन नेविसंघको स्थापना काठमाडौंंको स्वयम्भूस्थित सत्तलमा (२०२७ वैशाख ६) नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो । यो समग्र विधार्थी, नेविसंघ र नेपाली राजनीतिको प्रेरणाको बिम्ब हो उनै पुर्व प्रधानमन्त्री,नेपाली काङ्रेस पुर्व सभापति श्रद्देय पुरुष आदर्श नेता प्रती हार्दिक नमन सहित भावपुर्ण श्रद्धाञ्जली किशुन जि !
0 Comments